२८ माघ , काडमाडौ ।
नेपाली चलचित्र ‘डाइङ क्यान्डल‘ आजबाट प्रदर्शनमा आएको छ। केहि फरक शैलीको कथा रहेको यो चलचित्र दिदी भाईको प्रेम कथामा आधारित छ । चलचित्रमा हिमाली भेगको जनजीवनलाई उल्लेख गर्ने प्रयास गरिएको छ । नरेशकुमार केसीले निर्देशन गरेको यो फिल्ममा सिर्जना सुब्बा, सौगात मल्ल र अर्पण थापाको मुख्य भुमिका रहेको छ ।
यसैगरि अर्को नेपाली फिल्म ‘लेक साइड’ पनि आजैदेखि थियटरमा प्रदर्शन भैरहेको छ । राजु अधिकारी निर्देशित यस फिल्ममा जीवन लुइटेल र निता ढुंगानाको मुख्य अभिनय रहेको छ । यस चलचित्र साङ्गितीक प्रेमकथामा आधारित छ ।
यस्तै, बलिउड फिल्म द स्टेट भर्सेस जोली एलएलबी -२ पनि आजैदेखि रिलीज भएको छ । यस फिल्ममा अक्षय कुमारको मुख्य भुमिका रहेको छ भने, फिल्म एक वकिलको कथामा आधारित छ ।