३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्रप्रमुखहरूले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

नेपालले शुक्रबार संविधान दिवस मनाइरहेको अवस्थामा विभिन्न देशका राष्ट्रप्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना पठाउँदै नेपाल सरकार र नेपाली जनताकासाथै साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गरिएको राष्ट्रपति कार्यालयले बताएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्द, संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रों, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्मारका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गरेका छन् ।