२७ माघ, धनुषा । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादबले अहिलेको संविधान ‘संविधान सभा’बाट नबनेको दावी गरेका छन् । उनले केहि कर्मचारीले बनाएर संविधान सभामा ल्याइदिएको र त्यही संविधान जस्ताको त्यस्तै जर्वजस्ती घोषणा गरिएको टिप्पणी गरे ।

जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला, तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड र तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीले ह्वीप लगाएर संविधान जारी गरेको समेत बताए । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान हुने कुरा संविधानसभामा पास भएको थियो । तर त्यो कुरा पनि रहेन । अनी कसरी संविधान सभाबाट बनेको संविधान भन्ने ?’

फाइल फाेटाे

अध्यक्ष यादबले भारतमा फुलस्टप र कोमामा समेत छलफल भएर संविधान जारी भएको भन्दै यहाँ छलफल भएर पारित भएको विषय पनि संविधानमा उल्लेख नरहेको बताए । उनले यहाँ दुई÷चार जना कर्मचारीले बनाएको संविधान नेताहरुले बलजफ्ती पास गरेको भन्दै स्वीकार गर्न नसकिने बताए ।
उनले संविधानको ३ सय बढी बुंदामा संशोधन प्रस्ताव दर्ता भएको तर कुनै प्रस्तावमाथि छलफल नै नगरी संविधान जारी गर्नुले पनि संविधानसभाबाट संविधान नबनेको स्पष्ट भएको उनले बताए ।

तर यादव त्यहि संविधानअन्तर्गत पटक पटक मन्त्री र सांसद भएका छन् । वर्तमान केपी ओली नेतृत्वको सरकारबाट पनि यादव हालै बाहिरिएका हुन् ।