२१ बैशाख, काठमाडौं । व्यवस्थापिका संसदको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर भोलीसम्मका लागि स्थगित भएको हो ।

महाअभियोग प्रस्ताव संसदमा पेश गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा बैठक बस्न नसकेको हो । सहमतिका लागि भन्दै यसअघि १७ गते बसेको बैठक चार दिन पछि आजका लागि तोकिएको थियो ।

प्रमुख विपक्षी एमालेले महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै आएको छ भने सत्तापक्षले संसदमा पेश गर्ने तयारी गरेको छ । महाअभियोग प्रस्ताव संसदमा पेश गरे बैठक चल्न नदिने एमालेको चेतावनी पछि बैठक स्थगित भएको हो ।