११ माघ, काठमाडौं ।
आवश्यक गणपुरक संख्या कोरम नपुगेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । बैठक संचालनका लागि कम्तिमा १४९ सांसद उपस्थित हुनु पर्नेमा त्यति पनि नपुगेपछि बैठक भोलि ३ बजेसम्मका लागि स्थगित भएको हो ।
यसैबीच सभामुख ओनसरी घर्तीले राजनीतिक अवस्थाबारे जानकारी लिन र संसदीय प्रक्रिया अघि बढाउने बारे सल्लाह गर्नका लागि प्रमुख ५ दलका नेतालाई सिंहदरवारमा छलफल गर्न लागेकी हुन् ।
सभामुख घर्तीका प्रेस संयोजक बबिन शर्माले साँझ ४ बजे सिंहदरवारमा सभामुख र प्रमुख ५ दलका नेताबीच छलफल हुन लागेको जानकारी दिएका छन् ।
संसदबाट संविधान संसोधन विधेयक पारित भएपनि आन्दोलनरत मधेशी मोर्चा तथा थारुवान संघर्ष समितिले असन्तुष्टि जनाएपछि के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।