तपाइँ संसार घुम्न र त्यहाँका अनौठा अनौठा संरचनाबारे जान्न चाहनु हुन्छ भने तपाइँलाई धेरै विकल्प छ । तर घुम्न सक्नु हुन्न तर जान्न चाँहि चाहनु हुन्छ भने यहाँ हामीले संसारका सबै भन्दा महंगा अत्याधुनिक होटलबारे चर्चा गरेका छन् । हुन त तपाइँ हामीलाई लाग्छ समुन्द्र मुनी कुनै संरचना बनाउनु असम्भव छ । तर आश्चर्य नै मान्नु पर्छ समुन्द्रमुनी समेत दुनियाँका नामुद नामुद होटल छन् । यदि तपाइँ लक्जरी होटलमा बसेर दिक्‍क हुनु भएको भने तपाइँलाई अनेक विकल्प छन् । दुनियाँमा यस्ता अनौठा अनौठा होटल छन् तपाइँलाई सुन्दा पनि अचम्म लाग्छ ।
No Man’s Fort
फ्रान्सको समुन्द्री क्षेत्रमा रहेको यो होटल संसारकै सबैभन्दा होटलमा पर्छ । नेपोलियन तृतीयको पालमा बनेको यो द्वीपको दरवार अहिले पुरै होटलमा परिणत गरिएको छ । यहाँ २२ यो सन् १८६७ देखि १८८० को बीचमा बनाइएको थियो ।

10 most expensive hotels in the world

 

Sunrise Kempinski Hotel

चीनको बेइजिङबाट एक घण्टाको दुरीमा रहेको यो होटद्यको डिजाइन अनौठो छ । यसका सबै कोठा ३६० डिग्रीमा बनाइएको छ । यहाँ तलाउ समेत छ । यो होटलमा ९ वटा फरक फरक रेष्टुरेन्ट पनि छ ।

10 most expensive hotels in the world 1

 

La Grande Maison

दक्षिण फ्रान्सको बोर्डोस्थित यो होटलमा केवल ६ वटा कोठा छन् । खासमा यो होटल संसारभरी नै वाइनका लागि प्रसिद्ध छ ।

10 most expensive hotels in the world 2

 

Belle Mont Farm
वेष्टइण्डिजको सेन्ट किट्स आइल्याण्डमा रहेको यो होटल अर्गानिक फार्म पनि हो । यहाँ थुप्रै भिल्लाहरु छन् जहाँ अनौठा अनौठा विलाशी सुविधा समेत छन् ।

10 most expensive hotels in the world 4

Four Seasons Resort
जुमेरा समुन्द्री तटीय क्षेत्रमा रहेको यो होटलमा २३७ कोठा छन् । यहाँ १० वटा फरक फरक र विलाशी रेष्टुरेन्ट पनि छन् भने ३ वटा स्वीमिङ पुल छन् ।

10 most expensive hotels in the world 5

Amilla Fushi
मालद्वीपको यो नयाँ होटल पारिवारिक विदा मनाउनका लागि प्रसिद्ध छ । यदि पारिवारिक विदा मनाउने ठाउँ खोजिरहनु भएको छ र पैसा पनि छ भने यहाँ जानुस् ।

10 most expensive hotels in the world 3

 

Villa Stephanie

दक्षि‍ण-पश्चि‍म जर्मनीको वाडेन वाडेन शहरमा रहेको यो होटलको विशेषता यहाँ भएका विशेष सुविधा हुन् । यहाँ ब्यूटी ट्रीटमेन्ट, न्यूट्रीशन गाइडेन्स, इमोशनल केयर र मेडिकल केयरको सुविधा समेत छ ।

10 most expensive hotels in the world 6

 

The Serras

स्पेनको बार्सिलोनास्थित यो होटल फरक किसिमको छ । यहाँ चर्चित चित्रकार पिकासोको पहिलो स्टुडियो पनि थियो । यो होटलमा रुफटप स्वीमिङ पुल र बार समेत छ ।

10 most expensive hotels in the world 7

 

 

Maison Souquet
युरोपको इतिहासमा सन् १८७१ देखि प्रथम विश्व युद्धको शुरुवात अर्थात १९४१ समेम यो होटल रहेको भवन प्लेजर हाउसकोरुपमा प्रयोग गरिन्थ्यो । यहाँ अहिले केवल २० कोठा भएको सुन्दर होटल छ । यो पनि संसारकै महंगो र विलाशी होटलकोरुपमा छ ।

10 most expensive hotels in the world 8

 

Reverie Saigon

भियतनामको हो ची मिन्ह शहरको टाइम्स स्क्वाइरमा रहेको यो भवनको २७ औं तला देखि ३९ औं तला सम्म रहेको यो होटल शहरकै सबै भन्दा अग्लो छ । यहाँ युरोपियन देखि चाइनिज सम्म परिकार पाइन्छ । यो पनि संसारकै विलाशी र महंगो होटलमा गनिन्छ ।

10 most expensive hotels in the world 9

 

एजेन्सीको सहयोगमा ।

 

यो पनि हेर्नुस्

संसारका चर्चित समुन्द्र मुनिका होटल

यस्ता पनि होटल छन् हेर्नुस् तस्विर

दुनियाँका सबैभन्दा अनौठा १० होटल (फोटो फिचर)