सेना देशको प्रतिष्ठा अनि शक्तिसंग जोडिएको एकाइ हो। सेनाको संख्या, सेनाले प्रयोग गरेको प्रविधि, सेनामा खर्च गरिएको बजेट र अन्य पक्षहरुलाई ध्यानमा राखेर सेनाको शक्तिमापन गरिन्छ। विश्व थर्काएको अमेरिका देखि छिमेकी देशहरु चीन र भारतका सेना पनि विश्वका शक्तिशाली सेनाको सुचीमा पर्छन्।

यहाँ विश्वका शक्तिशाली सेनाको चर्चा गरिएको छ जहाँ कुनै देशको परमाणु सैनिक शक्तिलाई समावेश गरिएको छैन।

यी हुन विश्वका ती ९ देश, जोसंग विश्वकै सबैभन्दा शक्तिशाली सेना छ।

१. अमेरिका

army americanअमेरिकाले आफ्नो देशको सेनालाई बढि प्राथमिकता दिन्छ। यो देशले आफ्नो बजेटबाट करिब ६१२ बिलियन डलर सेनाको आधुनिकीकरणमा खर्च गर्छ। यो रकम धेरैजसो देशमा रहेको आर्थिक बजेट भन्दा पनि धेरै छ।

अमेरिकालाई शक्तिशालि बनाउने १० हतियारहरु

अमेरिकासँग १९ एयरक्राफ्ट क्यारिएर छ जुन संसारको १२ क्यारियर भन्दा पनि बढि हो। यति मात्र हैन, अमेरिकासँग संसारको सबैभन्दा धेरै ट्रेनिङ्ग पाएका सेनाहरु छन्। यो सेनाले चाह्यो भने कुनै पनि देशमा आक्रमण गरेर केहि छिनमा नै तहसमहस गर्न सक्छन्।

२. चीन

army chinaचीनको सेनाको बारेमा संसारलाई धेरै थाहा छैन। यहि कारणले संसार चीनको सेनासँग डराउछ पनि। चीनले यसपालिको बजेटबाट १२६ बिलियन डलर जति सेनाको आधुनिकीकरणमा खर्च गरेको छ।

यस्तो हुन्छ चिनियाँ सेनाको अभ्यास..(तस्विर सहित)

चिनको नजिक देशहरु जस्तै जापान, भारत र फिलिपिन्ससँग सीमा विवाद रहिरहन्छ जसले गर्दा चीनले हरेक क्षण आफ्नो सेनालाई बलियो बनाएर राख्छ। यो देशले २२ लाख ८५ हजार सिपाही सक्रिय रुपमा राखेको छ भने २३ लाख सिपाहीहरु रिजर्वमा राखेको छ। हालैमा चीनले आफ्नो सेनामा एफ-३५ जस्तो फाइटर प्लेन भित्राएको छ।

चीनसंग रहेका १० घातक हतियार..(फोटोकथा)

३. इंग्ल्याण्ड

army englandआजकाल सेनाको क्षेत्रमा बढि ध्यान नराखेपनि एक समयमा इंग्ल्याण्डलाई सबैभन्दा शक्तिशाली सेना भएको देश मानिन्थ्यो। अहिले इंग्ल्याण्डमा सेनाको बजेट ५४ बिलियन डलर रहेको छ। संसारभरको लडाईँहरुलाई ध्यानमा राखेर इंग्ल्याण्डले ४० वटा एफ-३५ फाइटर प्लेनको फ्लीट तयार गर्दैछ। यसका साथै इंग्ल्याण्डले ४.५ एकडको लंबाई भएको एयरक्राफ्ट करियरलाई पनि सन् २०२० सम्ममा रोयल नेभिमा सामेल गर्ने योजना बनाएको छ।

४. फ्रान्स

army franceफ्रान्सको सेना सधै बलियो रहेको छ। अहिले फ्रान्समा सेनाको बजेट ४३ बिलियन डलर रहेको छ। फ्रान्सले अरु देशको तुलनामा आफ्नो देशको सेनाको लागि कम खर्च गरेपनि यो सेना संसारको सबैभन्दा व्यस्त सेनाहरु मध्ये एक हो। यो सेना धेरैजसो मध्य अफ्रिका, चाड, माली र सेनेगलजस्तो देशहरुको विवाद हुने क्षेत्रमा खटाईएको छ।

५. रूस

army russiaसोवियत संघको राज्यहरु बाँडिएको २ दशकपछि रूसले फेरि आफ्नो सेनालाई बलियो बनाउन थालेको छ। रूससँग ७ लाख ६६ हजार सिपाहीहरुको सेना सक्रिय रुपमा छन् भने २४ लाख ८५ हजार सिपाहीहरु रिजर्वमा छन्। यतिमात्र हैन, रूससँग १५ हजार ५ सय वटा टैकं छ जुन संसारको सबैभन्दा ठूलो टैकं सेना हो।

६. भारत

army indiaसेनाको ताकतलाई बलियो बनाउने कुरामा भारत पनि पछि छैन। हालमा भारतको सेना बजेट ४६ बिलियन डलरको रहेको छ जुन धेरैजसो नयाँ प्रविधिको खोजमा खर्च हुन्छ। भारतसँग बैलिस्टिक मिसाइलको ठुलो व्यवस्थापन भएको फोर्ट छ। यो फोर्टले केहि समयमा नै पाकिस्तान वा चीनको कुनै शहरलाई निशानामा राख्न सक्छ। चीन र पाकिस्तानको सेना बलियो रहेकोले भारतले सुरक्षाको लागी भएपनि आफ्नो सेनालाई सक्रिय र बलियो राखिराख्न पर्छ।

भारतसंग भएको ५ घातक तथा प्रभावशाली हतियार

७. टर्की

army turkeyयो सुचिमा टर्की देशको नाम रहनु अचम्म जस्तो लाग्न सक्छ। अर्थ व्यवस्थाको हिसाबले संसारमै सबैभन्दा बढि खर्च सेनामा यो देशले गरेको छ। टर्कीमा सेनाको बजेटमा १८.२ बिलियन डलर खर्च हुन्छ। टर्कीको हालमा सिरियाको सेना र कुर्दिश अलगाववादहरुसँग संघर्ष भईरहेको छ। यो सँगै टर्कीको धेरैजसो सेना अफगानिस्तान, अशांत बाल्कान क्षेत्र र उत्तरी साइप्रसमा सक्रिय रहेको छ।

८. दक्षिण कोरिया

army south koreaयो देशको सेना संख्याको आधारमा कम भएपनि सेनाको ट्रेनिङ्ग र नयाँ प्रविधिको खोजमा निकै अगाडि छ। दक्षिण कोरियासँग संसारको छैठौँ सबैभन्दा वायुसेनाको समुह छ। यतिमात्र नभएर दक्षिण कोरियासँग २,३४६ टैंक र १,३९३ एयरक्राफ्ट पनि छ। यि सबैलाई देशको सुरक्षामा सक्रिय गरिएको छ। हालमा दक्षिण कोरियाको अमेरिकासँग विवाद चलिरहेको छ।

९. जापान

army japanचीनसँग विवाद रहिरहेको देश जापानले ११ वर्षको अवधिमा आफ्नो सेनालाई निकै बलियो बनाएको छ। जापानले समुद्रमा मिलिटरि बेस बनाएको छ। यो देशले आफ्नो बजेटबाट सेना ४९.१ बिलियन डलर खर्च गर्छ। जापानले २ लाख ४७ हजार सिपाहीको सेना सक्रिय राखेको छ भने ५७ हजार ९ सय सिपाही रिजर्वमा छन्। जापानसँग १,५९५ एयरक्राफ्ट र १३१ आधुनिक जहाजहरु छन् जस्ले गर्दा यो देश वायुसेनाको सँख्याले संसारको पाचौँ स्थानमा पर्छ। जापानको सेना धेरैजसो आत्मरक्षालाई ध्यानमा राखेर तयार गरिएको हो।

यो पनि पढ्नुहोस्।
विश्व ध्वस्त गर्न सक्ने ५ हतियार
रुसबारे जान्नै पर्ने ९ कुरा
चीनका यी १० हतियारसँग डराउँछ भारत !