१९ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भारत्तोलनमा नेपालले पहिलो स्वर्णपदक हात परेको छ ।

५७ केजी मुनी तौल समूहमा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक हात पारेकी हुन् । योसँगै नेपालको स्वर्णपदकको संख्या ३४ पुगेको छ ।