उमेश पौडेल।

एक्काईसौं शताव्दीसम्म आइपुग्दा मानवको जीवन प्रविधिबाट अछुतो रहन सकेको छैन। प्रविधि र दैनिकीलाई स्मार्टफोन र एपले झनै नजिक बनाएको छ। आजकाल मानिसको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता एपहरु एप स्टोरबाट करोडौंको संङ्ख्यामा डाउनलोड हुन्छन्।

smart phone mobiles all mobile android apple iphone

गुगलको एन्ड्रोइड र एप्पलको प्लेस्टोर बाट सन् २०१५ मा करिव ४ सयवटा एपहरु एक करोडोभन्दा धेरैपटक र ८ सय भन्दा बढि एपहरु ५० लाख भन्दा धेरैपटक डाउनलोड भएका छन् ।

नोभेम्बर सम्मको डाटा हेर्ने हो भने संसारमा सबैभन्दा धेरै गुगल र फेसबुक सम्बध्द एपहरु सवैभन्दा बढि एक अर्ब भन्दा धरै पटक डाउनलोड भएका छन् र यी एप निशुल्क छन । जसमा जिमेल सबैभन्दा अगाडि छ त्यस्तै गुगल म्याप दोस्रो अनि युट्युव तेस्रो नम्वरमा छ। फेसबुक, गुगल सर्च, गुगल प्लस, ह्वाट्स एप मेसिन्जर, गुगल स्पीच, गुगल बुक, फेसबुक म्यासेन्जर, गुगल ह्यांगआउट र गुगल क्रोम क्रमश चौथो, पाँचौँ, छैटौँ, सातौँ,आठौँ, नवैँ र दशौँ नम्वरमा रहेका छन् ।

त्यस्तै गेममा एङ्ग्रि बर्ड्स पहिलो स्थानमा छ र र्याङ्किङमा एधारौँमा छ भने एन्टिभाइरसमा अभास्ट मोवाइल सेक्युरिटि पहिलो नम्बरमा छ र र्याङ्किङमा वाह्रौ नम्बरमा परेको छ । सोसियल नेटवर्किङ्ग एप स्काइप र ट्वीटर तेह्रौ र चौधौँ नम्बरमा परेका छन् ।

यो पनि पढ्नुस्।

एन्ड्रोइडको लागि मात्र पाइने १४ एप्स

मार्च महिनाको टप ५ एन्ड्रोइड एप

एप्पलको कुन ग्याजेटको कति मूल्य

तपाईँको आइफोनले गर्न सक्ने १० कुराहरू जुन तपाईँलाई थाहा थिएन!!