सन् २०१६ मा धेरै स्तरीय र उत्कृष्ट स्मार्टफोन लञ्च भए । यस बर्ष कम मूल्यका पनि राम्रा तथा स्तरीय स्मार्टफोनले बजार भरिए । यस्तो अवस्थामा कुनै स्मार्टफोनले राम्रै चर्चा पाए भने कुनैले विश्व बजारमा छापसम्म छोड्न सकेनन् । प्रस्तुत दश स्मार्टफोन पनि कुनै न कुनै कारणले बजारमा आफ्नो गुणस्तर देखाउन सफल भएका छन्। यी हुन् २०१६ का उत्कृष्ट १० स्मार्टफोन:
१. एप्पल आइफोन ७ प्लस

एप्पलले यस बर्ष ‘ड्युल–क्यामेरा सेटअप’ फिचर भएको स्मार्टफोन ‘एप्पल आइफोन ७ प्लस’ लञ्च गर्यो । यसको मूल्य एक लाखभन्दा बढी छ ।
२. गूगल पिक्सल र पिक्सल एक्सएल
गूललको ‘गूगल पिक्सेल एक्सएल’ स्मार्टफोनमा राम्रो ‘स्पेसिफिकेशन’ फिचर उपलब्ध छ । यी स्मार्टफोनको ‘गूगल असिस्टन्ट’ र क्यामेराले राम्रै चर्चा भएको छ । गूगल ब्रान्डको नामबाट निकालिएको पहिलो यस स्मार्टफोन डिजिटल असिस्टन्ट प्रयोगकर्ताको गूगल अकाउन्टबाट धेरै डेटा लिन्छ र तुरुन्त जवाफ दिन सक्ने प्रविधि उपलब्ध छ ।
३. एलजी भि–ट्वेन्टी
यो स्मार्टफोन अडियो रेकर्डिङ र अडियो आउटपुटजस्ता फिचरले गर्दा निकै उत्कृष्ट स्मार्टफोन मानिएको छ । ड्युल क्यमोर सिस्टम, डिस्प्ले क्यिुएचडी र गुणस्तरीय ब्याट्री यस स्मार्टफोनको उत्कृष्ट पक्ष हो ।
४. हुवएइ पि–९
फुल एचडी डिस्प्ले, शानदार ड्युल क्यामेरा, २५६ जिबि स्टोरेज र ३०००एमएएच ब्याट्रीका कारण यस बर्ष हुवएईको पि–९ स्मार्टफोन पनि उत्कृष्ट रह्यो । यस स्मार्टफोनको मूल्य करिब ६० हजार रुपैयाँ पर्न आउँछ ।
५. मोटोरोला मोटो जे

मोटोरोलाको यस स्मार्टफोनले स्पेसिफिकेसनबाट ग्राहकलाई निकै प्रभावित पार्यो । यो विश्वकै पातलो स्मार्टफोन हो । यसको मूल्य करिब ६० हजार पर्छ ।
६. सामसुङ ग्यालेक्सी एस–७ एड्ज

यस स्मार्टफोनको पनि उत्कृष्ट क्यमोरा, ड्युल कब्र्ड स्क्रिनका कारण धेरैको रोजाइमा परको थियो । यसको मूल्य ८० हजार रुपैयाँबढी पर्छ ।
७. वनप्लस थ्रि–टी

करिब ५० हजार रुपैयाँ पर्ने यो स्मार्टफानमा क्यिुएचडी डिस्प्ले फिचर उपलब्ध छ ।
८. साओमी रेडमी नोट–३

मूल्यको हिसाबले निकै सस्तो मानिएको यो स्मार्टफोनले राम्रै गुणस्तरका साथ सन् २०१६ को टप १० मा पर्यो ।
९. आसुस जेनफोन –३ म्याक्स
यस स्मार्टफोन फिंगरप्रिन्ट सेन्सर, फूल एचडी डिस्प्ले, ३२ जीबी स्टोरेज तथा १६ मेगापिक्सल बैक क्यामेराजस्ता फिचरका कारण सन् २०१६को उत्कृष्ट स्मार्टफोनमा पर्न सफल बन्यो ।
१०. नुविया जे–११

यसमा ‘बेजलेस डिजाइन’ तथा १६ जीबी ब्याक क्यामेरा उपलब्ध छ ।
यो पढ्नुस्।
कमैलाई थाहा भएको आइफोनले गर्न सक्ने यी ९ काम