भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।
यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ ।
१. अनार खाएको देखेमा ***** धन र सन्तानको प्राप्ति ।
२. अलि अलि बादल देखे ***** रोगबाट लाभ ।
३. ऊँट देखेमा ***** अपार धन प्राप्ति हुनु ।
४. आकाश देखेमा ***** ऐश्वर्य वृध्दि, सन्तान हुनु ।
५. आगो उठाएको देखेमा ***** अवैध धन प्राप्ति ।
६. आगो बालेर समातेमा ***** कष्ट हुनु, व्यर्थ व्यय हुनु ।
७. ओढ्ने कम्बल देखेमा ***** बदनाम हुनु ।
८. औंठी लगाएको देखेमा ***** धनलाभ र प्रशन्नता ।
९. कलम देखेमा ***** महान व्यक्तिसँग भेट हुनु ।
१०. कपाल देखेमा ***** धनलाभ हुनु ।
११. कपास देखेमा ***** रोगबाट मुक्त हुनु ।
१२. कपाल काटेको देखेमा ***** ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु ।
१३. किला ठोकेको देखेमा ***** बुढो मान्छेबाट लाभ ।
१४. कोईला देखेमा ***** व्यर्थमा झगडा हुनु ।
१५. कुवामा नुहाएको देखेमा ***** सन्यासी बन्नु ।
१६. कुवाको पानी देखेमा ***** विविध लाभ र बिजय ।
१७. कैची देखेमा ***** झगडा र विवाद बढ्नु ।
१८. घर बनाएको देखेमा ***** प्रसिद्धि प्राप्त गर्नु ।
१९. घाम लागेको देखेमा ***** पदोन्नति वा लाभ हुनु
२०. घाँसको मैदान देखेमा ***** धेरै धन एकत्र गर्नु ।
२१. घोडा देखेमा ***** संकट नाश हुनु ।
२२. घोडा चढेको देखेमा ***** ठूलो पद पाउनु ।
२३. चश्मा लगाएको देखेमा ***** विध्दता बढ्नु ।
२४. जंगल देखेमा ***** दु:ख नाश र बिजय ।
२५. जहाज देखेमा ***** परिशानी हट्नु र व्यय ।
२६. चाँदि देखेमा वा पाएमा ***** धन र अहंकार बृध्दि ।
२७. झरना देखेमा ***** दु:ख दुर हुनु ।
२८. टोपी देखेमा ***** दु:ख नाश भएर, उन्नति हुनु ।
२९. ठूलो पर्खाल देखेमा ***** सम्मान बढ्नु ।
३०. डोरी देखेमा ***** यात्रामा कठिनायी र झन्झट हुनु ।
३१. ढोका देखेमा ***** ठूलाबडासँग मित्रता हुनु ।
३२. ढोका बन्द देखेमा ***** परेशानी र चिन्ता हुनु ।
३३. दलदल देखेमा ***** सन्तान प्राप्ति हुनु ।
३४. दाँत भाँचिएको देखेमा ***** दु:ख र झन्झट हुनु ।
३५. दाँत माझेको देखेमा ***** पापको प्रायश्चित हुनु ।
३६. धनुष तानेको देखेमा ***** लाभप्रद यात्रा हुनु ।
३७. पर्वत चढेको देखेमा ***** पदोन्नति वा प्रसिध्द हुनु ।
३८. पत्र पढेको देखेमा ***** शुभ समाचार, परिश्रम ।
३९. प्रकाश देखेमा ***** उच्चकोटीको साधु बन्ने ।
४०. पानी पिएको देखेमा ***** राज्यबाट लाभ ।
४१. फलाम देखेमा ***** कुनै धनवानद्वारा लाभ ।
४२. बजार देखेमा ***** दरिद्रताको नाश हुनु ।
४३. बलेको दियो देखेमा ***** आयु बृध्दि हुनु ।
४४. बहर वा गाई देखेमा ***** मोटो लाभ, दुब्लो दु:ख ।
४५. बादल देखेमा ***** विरक्ती र परिशानी बढ्नु ।
४६. बिरालो देखेमा ***** चोरी हुनु, शत्रु बढ्नु ।
४७. भर्याङ देखेमा ***** सुखसम्पत्ति बढ्नु ।
४८. भूकम्प देखेमा ***** सन्तानलाई कष्ट र दु:ख ।
४९. मरेको मान्छेसँग कुरा गरेमा ***** मनोकांक्षा पूरा हुनु ।
५०. मरेको मान्छेले बोलाएमा ***** विपत्ति आउनु ।
५१. मुर्दा देखेमा ***** रोगबाट मुक्ति पाउनु ।
५२. रत्न या मणि देखेमा ***** दु:ख बढ्नु, अपव्यय हुनु ।
५३. रातो फूल देखेमा ***** पुत्रबाट सुख र भाग्योदय ।
५४. रोटी खाएको देखेमा ***** पदोन्नति र घन बढ्नु ।
५५. लठ्ठी देखेमा ***** ठूलो नाम हुनु ।
५६. वर्षा देखेमा ***** सुख र प्रशन्नता प्राप्त हुनु ।
५७. सुकेको बगैचा देखेमा ***** विपत्तिमा फस्नु ।
५८. सुख्खा अन्न खाएमा ***** कष्ट र व्यर्थ परिशानी हुनु ।
५९. सुगन्ध लगाएको देखेमा ***** विद्वान र पण्डित हुनु ।
६०. सुपारी खाएको देखेमा ***** रोगबाट मुक्ति पाउनु ।
६१. सुराही देखेमा ***** आवारासँग संगत हुनु ।
६२. सेतो पूल देखेमा ***** दु:खबाट छुट्कारा पाउनु ।
६३. सिंहासन देखेमा ***** धेरै सुख पाउनु ।
६४. हरियो बगैचा देखेमा ***** पदोन्नति र लाभ हुनु ।
६५. ओच्छयान लगाएको देखेमा ***** दीर्घायु र सुख वृध्दि ।