२८ जेठ, काठमाडौं ।
सबैभन्दा बढी अर्थात १५ पटक कोपा अमेरिका जितेको उरुग्वे प्रतियोगिताबाट बाहिरिएको छ । कोपा सुरुवातको एक सयौं वर्षगाँठमा अमेरिकामा भइरहेको प्रतियोगितामा लगातार दुईवटै खेल हार्दै उरुग्वे प्रतियोगिताबाटै बाहिरिएको हो ।

खेलाडी टोक्ने सुआरेज अझै पनि महंगा, बार्साले हाल्यो ७५ मिलियन पाउण्ड

पहिलो खेलमा मेक्सिकोसँग ३–१ गोल अन्तरले पराजित भएको उरुग्वे आज बिहान भएको खेलमा भेनेजुएलासँग १–० गोलले पराजित हुँदै लिग चरणबाटै घर फर्केको हो । टिममा परेपनि खेल्न नपाएका बार्सिलोनाका चर्चित स्ट्राइकर लुइस  स्वारेजलाई जगेडामा राखिएको थियो ।

uruguay football team

रोनडोनले ३६ औं मिनेटमा गरेको गोल नै भेनेजुएलालाई क्वाटरफाइनमा पुर्याउन पर्याप्त रह्यो । कोपाका ८ वटा खेलमा उरुग्वे भेनुजुएलासँग ६ खेलमा विजयी र दुईमा बराबरीको नतिजाको इतिहास राख्न सफल भए पनि आज बिहान इतिहास दोहोरिन नसकेको हो । नवौं खेलमा आएर भेनेजुएलाले इतिहास बनाएको छ ।

भारतको प्रयत्न विफल पार्ने चीनको तयारी

लगातार दुई खेल जितेको भेनेजुएला क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा पनि भेनेजुएलाले जमैकालाई १–० ले पराजित गरेको थियो । एक एक बाँकी हुँदा नै उरुग्वे र जमैका दुवै बारिरिएका हुन् । केही बेर अघि मात्रै सकिएको खेलमा मेक्सिकोले जमैकालाई २–० गोल अन्तरले पराजित गरेको थियो । एक खेल बाँकी हुँदै भेनेजुएला र मेक्सिकाले क्वाटरफाइनलमा स्थान सुरक्षित बनाएका हुन् ।