१२ जितपुर, काठमाडौं ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा ५० बर्ष देखि मिलेर बस्दै आएका मधेसी र पहाडी समुदायको सम्बन्धमा धमिरा लगाउने काम केपी ओली सरकार नेतृत्वले गरेको आरोप लगाएका छन् ।

चीनसँग भएको इन्धन आपुर्ति सम्झौताप्रति महन्त ठाकुरको असन्तुष्टी

बाराको जीतपुरमा सद्भावना पार्टीद्वारा आयोजना गरिएको बिरोध सभामा महतोले सरकारले दशकौंदेखि सँग–सँगै बस्दै आएको मधेसी र पहाडिलाइ जातियताको अधारमा छुट्याउँने गरेको आरोप लगाएका हुन् । दुबै समुदायका बिचमा भाइचाराको सम्बन्ध स्थापित गारउनुको सट्टा जातिय मुद्दालाइ उठाएर मधेसी मागलाई दवाउन खोजेको उनको आरोप छ ।

Rajendra Mahato talking

मधेस आन्दोलन मधेसमा बस्ने पहाडी समुदायको विरोधमा नभएर मधेसी समुदायको हक अधिकारका लागि भएको उनले दावी गरे । अध्यक्ष महतोले अंगिकृतको मुद्दालाई गलत ढंगले ब्याख्या गरेर भ्रम फैल्याउन खोजिएको आरोप पनि लगाए ।

उपेन्द्र यादवले भने- कहिले चीन त कहिले भारतसँगको ब्ल्याकमेल राम्रो होइन

बिदेशीलाइ अंगिकृत नागरिकता दिएर सरकार र राष्ट्र प्रमुख बनाउँनु पर्छ भन्ने मोर्चाको माग नरहेको दाबी महतोले गरे । विदेशबाट विवाह गरि नेपालमा आएका महिलाको हकमा भने अधिकार सम्पन्न नागरिकता दिनुपर्ने मोर्चाको माग गरेको अध्यक्ष महतोले बताए ।

चीनबाट सरकारले इन्धन ल्याउने तयारी गरेपछि नाकाबन्दी लगाएर आन्दोलन सफल बनाउने चक्करमा रहेका मधेशी नेताहरुमा छटपटी  देखिएको छ । यस अघि महन्त ठाकुर र उपेन्द्र यादवले पनि चीनबाट इन्धन ल्याउन लागिएको विषयमा खुला असन्तुष्टि देखाएका छन् ।