१२ कात्तिक, काठमाडौं ।

मधेशी मोर्चा र सरकारको वार्ता आजका लागि सकिएको छ । सरकारले मधेशी मोर्चाका पूर्व शर्त पुरा गर्ने प्रतिबद्धता जनाएपनि संघीयताको सीमाङ्कनको विषयमा भने अर्को वार्तामा छलफल गर्ने सहमति भएको छ ।

चीनसँग भएको इन्धन आपुर्ति सम्झौताप्रति महन्त ठाकुरको असन्तुष्टी

सरकारी टोलीले मधेशी मोर्चाका नेताहरुको माग बमोजिम मधेश आन्दोलनका मृतकलाई १० लाख, घाइतेलाई उपचार, झुटा मुद्धा खारेज गर्ने थप प्रतिबद्धता सहित सहमति जनाएको छ ।

Madhesi Morcha barta sarkari toli

यो सहमति कार्यन्वयन गर्नका लागि मधेशी मोर्चाका वार्ता टोलीका सदस्य लाल बाबु राउत र सरकारी टोलीका कानून मन्त्री अग्नि खरेल सम्मिलित २ सदस्यीय कार्यदल समेत बनाइएको छ ।

उपेन्द्र यादवले भने- कहिले चीन त कहिले भारतसँगको ब्ल्याकमेल राम्रो होइन

संघीयताको सीमाङ्कनको विषयमा वार्ता गर्दा आयोग बनाएर सीमाङ्कनको मुद्धा टुङ्गाउने वा राजनीतिक सहमतिका आधारमा गर्ने प्रस्ताव सरकारी टोलीले गरेको थियो । मधेशी मोर्चाका नेताहरुले सरकारी टोलीले खाका नलिइकन आएको आरोप लगाउँदै आगामी १५ गते पुनः वार्तामा बस्ने गरि वार्ता सकिएको जानरकारी दिएका छन् ।

मधेशी मोर्चाका नेताहरुले संघीयताको विषयमा कुरा नमिले सम्म समाधान नहुने स्पष्ट पारेका छन् ।