एजेन्सी ।
यतिबेला बलिउडमा सलमान खानको ‘बजरंगी भाईजान’ को चर्चा छ । एक पछि अर्को रेकर्ड तोडिरहेको सलमान खानको पछिल्लो चलचित्रले ५ रेकर्ड तोडिसकेको छ ।
पहिलो रेकर्ड
सलमान खानको ‘बजरंगी भाईजान’ले पहिलो दिन २७ दशमलव २५ करोड कमाएर यस अघि आफ्नै चलचित्रबाट राखिएको रेकर्ड तोडेको छ । यस अघी सलमानकै किकले राकेको २६ दशमलव ४० करोडको रेकर्ड ‘बजरंगी भाईजान’ले तोडेको छ ।
दोश्रो रेकर्ड
सलमान खानको ‘बजरंगी भाईजान’ भाइजानले पहिलो दिनको कमाइ बाहेक सलमान खानले बलिउडमा सन् २०१५ मा रिलिज भएको चलचित्रमा सबैभन्दा बढी एक दिनको कमाइ भएको चलचित्र पनि बनेको छ ।
तेश्रो रेकर्ड
दोश्रो दिनमा ३६ दशमलव ५० करोड कमाइ गरेर सलमान खानको फिल्मले आफ्नै फिल्म एक था टाइगरकोको रेकर्ड पनि तोडेका छन् । एक था टाइगरले दोश्रो दिनमा ३२ करोड कमाएको थियो ।
चोथो रेकर्ड
सलमान खानले ‘बजरंगी भाईजान’बाट ६४ करोड आम्दानी गरेका छन् । अघिल्लो पटक इदमा रिलिज भएको सलमानको कीकले ५३ दशमलव ६५ करोड कमाएको थियो । सलमानले आफ्नै फिल्मले राखेका रेकर्ड तोडेका छन् ।
पाँचौं रेकर्ड
देश भित्र मात्र नभएर देश बाहिर पनि ‘बजरंगी भाईजान’ले हंगामा गरिरहेको छ । बेलायतमा मात्र यो चलचित्रले शुक्रबार १ लाख ७६ पाउण्ड अर्थात ३२ लाख भन्दा बढी कमाइ गर्यो । सप्ताहन्तमा ‘बजरंगी भाईजान’ले २ लाख ३९ पाउण्ड अर्थात करिव ४० करोड कमाएको छ ।