१५ कात्तिक, काठमाडौं । पूर्व सांसद रामलखन महतोको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । महतोको धुनषाको मिथिला नगरपालिका २ स्थित विश्वकर्मा चौकमा बसको ठक्करबाट मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

साइकलमा सवार पूर्व सांसद महतोलाई विश्वकर्मा चौकमा विपरित दिशाबाट आइरहेको बा ५ ख ८८५ नम्बरको यात्रुबसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

महतो तत्कालीन नेकपा एमालेबाट २०५१ सालमा सांसद निर्वाचित भएका थिए ।