यो कुकुरको नाम ब्यारी हो। तीन पाङ्ग्रे साइकल चलाउन भने पछि हुरुक्कै हुन्छ यो। तीन वर्ष उमेर पुगेको यो कुकुरले स्केटबोर्ड खेल्न मन गर्थ्यो। उसलाइ पाल्ने व्यक्तिहरुले स्केटबोर्डमा राखेर धकेल्ने गरिदन्थ्ये। अहिले तीन पाङ्ग्रे यो साइकलमा मज्जाले बस्न सक्छ।
ह्याण्डल, प्याडल अनि सिटमा मिलेर बस्न जानेको पनि छ। तर कसैले पछाडीबाट धकेलिदिनु भने पर्छ, उसले प्याडल आफै चलाउन भने सक्दैन।

एक वर्षको उमेर देखि साइकलमा बस्न थालेको ब्यारी पहिले भन्दा सन्तुलित भएर बस्न सिकिसकेको छ। आत्तिएर साइकलबाट पहिले झै नउत्रने बरु साइकलबाट झर्नै नमान्ने भने गर्छ भन्छन् ब्यारीलाई पाल्नेहरु।

