१६ साउन, एजेन्सी ।
साउदी अरेविया विमानस्थलमा करिव १० हजार भारतीय फसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय मिडियामा साउदीमा रहेका भारतीयहरुको समाचारले कोलाहल नै मच्चाएको छ ।
नयाँ सरकारले चीनसँगको सम्बन्ध अझै विस्तार गर्नु पर्छ- राणा
यहाँ फसेका माध्ये एक ब्यक्तिले ट्वीटरबाट विदेशमन्त्री सुष्मा स्वराजसँग सहयोग मागेपछि त्यहाँस्थित भारतीय दुताबासले खानाको ब्यवस्था गरेको छ ।
सुष्माले ट्वीटरमा भनेकी छिन् कि, “म वाचा गर्छु कि साउदीमा रहेका कुनै पनि बेरोजगार भारतीय भोको रहने छैन” ।
लाठी लिएर भारतीयसँग लडेकाहरुलाई किन ल्यायो एमालेले काठमाडौंः यस्तो छ तयारी
साउदीको जेत्ता शहरको विमाानस्थलमा १० हजार भन्दा बढी भारतीय फसेको बताइएको छ । भारतीय विदेशमन्त्री भीके सिंहलाई साउदी पठाउने तयारी भारत सरकारले गरेको छ ।
साउदी अरेवियामा रहेका भारतीयहरुले निरन्तररुपमा रोजगारी गुमाइरहेका छन् । फ्याक्ट्री बन्द हुँदा जागिर गुमाएका तर तलव भने नपाएका भारतीयहरु विमानस्थलमा फसेका छन् ।
अन्तराष्ट्रिय बजारमा तेलको कच्चा मूल्यमा गिरावट आएका कारण साउदी अरेवियामा कम्पनीहरु धमाधम बन्द भैरहेका छन् ।