१३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबल प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २५–१५ र दोस्रो सेट २५– १३ ले गुमाएको नेपालले तेस्रो सेटपनि २५–१६ ले हार्यो । नेपालले धेरै सर्भिस बिगार्दा अंक गुमाउनुपरेको थियो ।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएकाले नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । जितसँगै भारत भने प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्वर्णपदकको दाबेदार मानिएको भारतले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।