२४ साउन, इलाम । इलामको पञ्चकन्यामा खानेपानीमा विष मिसाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पञ्चकन्या–१ जसीगाउँ निवासी ४० वर्षीया मीना सापकोटाले सासू चन्द्रमाया सापकोटाको घरमा राखिएको पानीको गाग्री र पानी ट्याङ्कीमा विष हालेकी हुन् । चियाको बोटमा हाल्नका लागि ल्याइएको नुनसिल नामक विषादी हाल्दै गरेको अवस्थामा सासूले देखेकी थिइन् ।

विषादी हाल्ने मीनालाई आइतबारेबाट गएको प्रहरीले आज पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । रासस