६ मंसिर, काठमाडौं ।
सरकारले सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद बैठकले सरकारको आग्रह अनुसार सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकले सहायता बापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
बैठकले सरकारका नियमित प्रशासनिक केही निर्णय पनि गरेको अर्थमन्त्री कार्कीले बताए । बैठकमा निर्वाचनको तयारी र पछिल्लो समय मुलुकभर भएका हिसांत्मक घटनाका बिषयमा पनि छलफल भएको एक मन्त्रीले जनाएका छन् ।