२८ साउन, एजेन्सी । पाकिस्तानले सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाएको विषयमा भारतीय सेनाले मुख खोलेको छ ।

भारतीय सेना प्रमुख जनरल बिपिन रावतले जुनसुकै खतरा टार्नका लागि तयार रहेको बताएका हुन् । पाकिस्तानले जम्मू कश्मीरमा लाइन अफ कन्ट्रोल नजिकै आफ्नो सेना तैनाथ गरेको भन्दै उनले भने, ‘यो सामान्य हो र हामी यो क्षेत्रमा आउने जस्तोसुकै चुनौती सँग जुध्न तयार छौं ।’

कुनै पनि देशले संभावित खतरालाई ध्यानमा राखेर सुरक्षा कदम चाल्ने भन्दै सेना प्रमुख रावतले भने, ‘यदि पाकिस्तानले एलओसीमा अतिरिक्त सेना परिचालन गर्छ भने निराश हुनुपर्ने कुनै कुरा छैन ।’ उनले आउँदा दिनमा एलओसीमा सैन्य गतिविधि बढाउने प्रश्नमा उनले थपे, ‘जहाँसम्म सेनाको कुरा छ त्यसका लागि हामी सधैं तयार छौं ।’

यदि केही गलत भयो भने त्यसलाई रोक्ने क्षमता हामीमा छ । यदि पाकिस्तान सीमा क्षेत्रमा सैन्य गतिविधि बढोस् भन्ने चाहन्छ भने यो उसको खुशी हो ।