तपाईले यस्तो मानिसको बारेमा सुन्नुभएको छ, जसले जनावर जस्तो देखिनको लागि आफ्नो कान कटाएको छ? सुन्नुभएको छैन भने पढ्नुहोस् यी इङ्ग्ल्याण्डको बिस्ट्रलमा बस्ने व्यक्तिको बारेमा, टेड रिचर्ड्स नामका यी व्यक्तिले आफ्नो कान काटे।
एक अपरेशन गरि उनले सुगाझै देखिनको लागि आफ्नो कान काटेका हुन। अब नाकको ठाउँमा ठुँड राख्ने योजनामा छन् उनी।
५६ वर्षिया टेडले घरमा चार सुगा, एक छेपारो, अनि एक पिटबुल जातको कुकुर पालेका छन्। सुगालाई आफ्नो बच्चा सरह मान्ने टेड आफु पनि त्यस्तै देखिन चाहन्छन्। त्यसैले उनले अपरेशन गरेर कान काटे अनि टाउकोमा सिंङ जस्ता आकृति बनाएछन्।
शरिर भर रंगीबिरंगी टाटु बनाएका यी व्यक्तिले आफ्नो जीब्रोलाइ पनि बिचमा काटेर दुई भाग बनाएका छन्। अझै उनी भन्छन्, ‘मलाई यस्तो गरेको सुहाएको छ। यो मेरो जीवनको सबैभन्दा राम्रो कुरा हो। यसैले पनि म पटकपटक ऐना हेर्ने गर्छु।’
यस्तो अवतार बनाए पश्चात उनको जीवनमा एक गर्लफ्रेन्ड पनि आइन, जसको नाम सुजैना हो। सुजैनाको अवतार पनि उनको ब्वायफ्रेन्डको झै छ।