१३ भदौ, काठमाडौं । सुनको भाउ आज शुक्रबार एक हजार रुपैयाँ घटेको छ । बिहीबार ७३ हजार ४ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज तोलाको ७२ हजार ४ सय रुपैयाँमा झरेको हो ।

चाँदी पनि तोलाको १० रुपैयाँ घटेर ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार उतारचढाव भइरहेको छ । तीज नजिकै आएपनि सुनको विक्री ह्वात्तै घटेको व्यवसायीहरु बताउँछन् ।