काठमाडौं । साताको पहिलो दिन सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

शुक्रबार तोलामा ६५ हजार आठ सयमा कारोबार भएको सुन आइतबार बढेर तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । त्यसकै असर नेपालमा पनि परेको हो ।

सुनको भाउ महँगो भएपछि कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीले बताएका छन् ।