१५ भदौ, काठमाडौं । सुनको मूल्यले भदौ महिनाको रेकर्ड छोएको छ । बुधबारको सुनको मूल्यले भदौमा भएको अहिलेसम्मकै उच्च विन्दुमा रहेको सुनको मूल्य छोएको छ ।
बुधबार छापावाल सुनकोे मूल्य ७३ हजार ५ सय पुगेको छ भने तेजाबी सुनको मूल्य ७३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य ९ सय रुपैयाँ प्रतितोला पुगेको छ ।

मंगलबार छापावाल सुनको मूल्य ७३ हजार ३ सय रुपैयाँ प्रतितोला हुँदा तेजाबी सुनको मूल्य ७३ हजार रुपैयाँ थियो । यसअघि भदौ महिनाको १८ गते सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।