२० साउन, काठमाडौं । सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाएको छ । साउन लागेदेखि नै उकालो लाग्दै आएको सुनको मूल्य सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ वृद्धि भएर नयाँ रेकर्ड कायम गरेको हो ।

gold biscuits

साताको पहिलो दिन आइतबार तोलाको ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ६७ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिका र चीन बीचको व्यापार युद्धको असर अन्तर्राष्ट्रिय शेयर बजारमा पर्दा सुनको भाउ आकाशिएको व्यवसायीको भनाई छ ।

साउन महिना लागेदेखि २० दिनको बीचमा सुनको मूल्य ३ हजार ३ सय रुपैयाँले बढ्यो । साउन १ गते सुन ६४ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको थियो । चाँदी पनि तोलामा २० रुपैयाँ बढेर ७ सय ९५ रुपैयाँ पुगेको छ ।