२० बैशाख, एजेन्सी ।

कपिल शर्माले माफि मागेपछि पनि ‘द कपिल शर्मा शो’मा नफर्किएका सुनिल ग्रोभर रियालिटी शो ‘द कमेडी फेमिली’ लिएर आउँदैछन् ।

सुनिल ग्रोभरले छोडेपछि उनका सहकर्मीहरु अली असगर, चन्दन प्रभाकर तथा सुगन्धा मिश्राले पनि कपिलको शो छोडेर सुनिलको यस शोमा सहभागी हुने भएका छन् । यसै महिनाको २७ मा अहमदाबादमा सुनिललगायात आफ्ना सहकर्मीहरु रियालिटी शोमा आउँदैछन्  ।

हालै, एक कुराकानीमा आफ्नो योजनाका बारेमा बताउँदै सुनिलले भएका थिए, ‘मलाई दश ठाउँबाट अफर आएका छन्, तर म अहिले कुनै पनि प्रोजेक्टमा ‘हुन्छ’ भन्न सक्दिन किनकि, अहिले मलाई ‘भोलि म के गर्नेछु ? भन्ने कुरा सोच्न जरुरी छ ।’