२३ भदौ, काठमाडौं ।
राप्रपा नेपालले संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको बारे संविधानसभाका अध्यक्ष सुवासचन्द नेम्वाङलाई आपैपचारी जानकारी गराएको छ ।
संविधानसभा भवनमा पत्र बुझाएपछि संसदीय दलका नेता दिलनाथ गिरीले ठूला दलले निधेषेको राजनीतिक गरेकाले प्रकृयाबाट बाहिरिएको अध्यक्ष नेम्वाङलाई जानकारी गराएका हुन् ।
लोकतन्त्रमा आफ्ना मुद्दा हारे पनि लोकतान्त्रिक प्रक्रिया मिचिएिकाले प्रक्रिया छोड्नु परेको राप्रपा नेपालको भनाई छ । तीन दल नसच्चिएसम्म र संविधान निर्माण प्रक्रिया नसच्याइएसम्म संविधान निर्माण प्रकृयामा सहभागि नहुने राप्रपा नेपालको भनाई छ ।
विहान बसेको राप्रपा नेपाल कार्यसम्पादन समितिले संविधान निर्माण प्रकृयाबाट बाहिरिने निर्णय गरेको थियो ।