२५ माघ, काठमाडौं ।
यतिबेला अर्थमन्त्री विष्णु पौडेल भारत भ्रमणमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी महिना हुने भारत भ्रमणको तयारीका लागि भन्दै उनी आइतबार भारत गएका थिए ।
अर्थमन्त्री पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसंग भेट गरिसकेका गरेका छन् ।
उनले त्यहाँ ओलीको भ्रमणका लागि राजनीतिक र अन्य माहौल तयार गर्ने अपेक्षा गरिएको छ ।
सामान्यतः अर्थमन्त्री पौडेल सँधै टोपी लगाएको अवस्थामा देखिन्छन् ।

भारत जानु अघि विमानस्थलमा टोपीमा सजिएका विष्णु पौडेल
नेपाली सानकोरुपमा लिइने टोपी विष्णु पौडेलले सँधै लगाउने गर्छन् । दिल्ली प्रस्थान गर्ने समयमा पनि विष्णु पौडेल हँसिलो मुद्रामा ढाका टोपीमा देखिएका थिए ।
तर अधिकाँश समय टोपीमा देखिने विष्णु पौडेल औपचारिक भारत भ्रमणको क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्दा भने टोपीविहिन देखिए ।

सँधै टोपी लगाएका देखिने विष्णुले सुष्मालाई भेट्दा किन टोपी खोले भने सामाजिक सञ्जालमा ब्यापक चर्चा भएको छ ।
कतिपयले उनलाई भारत गएर पहिचान नै फालेको भनेर आलोचना समेत गरेका छन् । भारतीय मन्त्रीहरुसँग जाने बेलामा नेपाली टोपी लगाउनुको साटो झनै लगाएको टोपी समेत खोलेको भनेर विष्णु पौडेलको आलोचना भएको हो ।
ओलीको भारत भ्रमण के का लागि – भारतीय मिडियामा चर्चा
मोर्चाको बैठकमा महतोले माफी माग्दिन भनेपछि…