१८ चैत, एजेन्सी । कोरोनाभाइरसको बढ्दो संक्रमण रोक्नको लागि पूरै देश लकडाउन गरिएको छ । मानिसहरु सरसफाईको ध्यान दिइरहेका छन् । अहिले धेरैजसोले सेनटाइजरको प्रयोग पनि गरिरहेका छन् । तर भारतको हरियाणामा सेनिटाइजरको प्रयोग एक युवकको लागि घातक बनेको छ ।
हरियाणाको रेवाडीमा एक व्यक्तिले आफ्नो भान्सामा उभिएर सेटिनाइजरले मोबाइल स्क्रिन सफा गरिरहेका थिए । त्यहिँ पत्नी ग्यास चुलोमा खाना बनाइरहेकी थिइन् । त्यहि क्रममा सेनिटाइजरले आगो समात्दा उक्त युवकको ३५ प्रतिशत शरीर जलेको छ ।
४४ वर्षीय उक्त युवकको दिल्ली लगेर गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय टेभिभिजन आजतकको अनलाइन संस्करणमा उल्लेख छ । डाक्टरले युवकको जलेको ज्यान देखेपछि एक सल्लाह दिएका छन् । उनका अनुसार सेनिटाइजर बोकेर हिड्नुपनि खतरनाक बताएका छन् । यद्यपि हात सफा राख्नको लागि बोक्नैपर्ने बाध्यता रहेको पनि उल्लेख गरेका छन् ।
मोबाइल सफा गर्ने क्रममा उनले लगाएको कुर्तामा सेनिटाइजर चुहिएको र आगोले कुर्ता भेटेको कारण उनी जलेको बताएका छन् । सेनिटाइजरमा भएको अल्कोहलको कारणले आगो लागेको डाक्टरको भनाइ छ । आगोका कारण युवकको अनुहार, छाती, पेट र हात जलेको छ । सेनिटाइजरमा ७५ प्रतिशतसम्म अल्कोहलको मात्रा हुने डाक्टरको भनाइ छ ।