२९ फागुन, मकवानपुर । जिल्लामा सोलारको तार सर्ट भएर आगलागी भएको छ ।
कैलाश गाउँपालिका–३ खिरकी आँपबारी बस्ने ५० वर्षीय भिम बहादुर प्रजाको घरमा बिहीबार राति आगलागी भएको हो ।
आगलागीबाट घरभित्र रहेका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।