१५ मंसिर, काठमाडौं । राजधानीको सोह्रखुट्टेमा भयानक दुर्घटना भएको छ । ओरालोमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको हो ।

ट्यांकरले बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको हो । बिहान ९ बजे बा ३ ख ९४५० नम्बरको ट्यांकरको ब्रेक फेल भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै चालक फरार भएका थिए । तर, ट्यांकर धनी प्रहरीकहाँ पुगेका छन् । थप अनुसन्धान भइरहेको जनाइएको छ ।