२१ चैत, काठमाडौं । आफ्नो अभिव्यक्ति विवादमा परेपछि नेतृ हिसिला यमिले स्पष्टीकरण दिन पत्रकार सम्मेलन आयोजना गरेकी छिन् ।

फाइल फाेटाे

पत्रकार सम्मेलन अहिले ४ बजे नयाँ शक्ति नेपाल पार्टीको कार्यालय बबरमहलमा हुने सो पार्टीले जनाएको छ । निर्वाचन आयोग घेराउका क्रममा उनले हिजो ‘यो देशलाई खारेज गर्’ भन्ने नारा लगाएको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारवाही गर्नुपर्ने आवाज उठेको छ ।

उनको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।