२२ फागुन, काठमाडौं ।
निर्वाचन आयोगले पूर्व निर्धारित तालिका बाहेकका सबै स्वतन्त्र विद्यार्थी युनियनका सबै निर्वाचन रोक्न निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको भन्दै आयोगले स्ववियु निर्वाचन रोक्न निर्देशन दिएको हो ।
विद्यार्थीहरुको असमझदारीका कराण त्रिविले फागुन १८ गते हुन नसकेका केहि क्याम्पसमा भोली निर्वाचन गराउने तयारी गरेको थियो ।