खर्बौको सम्पतिमा हालिमुहाली गर्ने हलिउडमा एकसे-एक फिल्म बन्छन्। करौडो डलरको लगानीमा फिल्म बनाइन्छन् अनि अर्बौ डलर कमाइ गर्छन्। फिल्म बनाउँदा निकै खर्च गर्छन्, नायक, नायिका, ठाउँ, प्रविधि अनि पोशाकको लागि।

चर्चित फिल्मका त्यस्ता पोशाक वर्षौ पछि लिलामीमा राख्छन् अनि त्यसबाट पनि करडौं डलर कमाइ गर्छन। फिल्म ‘हिट’ जाने बित्तिकै फिल्मसंग सम्बन्धित हेरक कुरा लिलामीमा राखेर राम्रो आम्दानी गर्छन् फिल्म निर्माता। यहाँ ती ४ पोशाकको चर्चा गरिएको छ, जुन निकै मोटो रकममा बेचिएको थियो,

टाइटानिकमा केट विन्स्लेटको गाउनः

Kate Winslet Titanic gown

‘डेबोराह एल स्किसट’ नामका डिजाइनरले तयार पारेको यो गाउन १० किलो तौलको थियो। पुरै रातो रंगको यो गाउन जेम्स क्यामरुनको ‘टाइटानी’ फिल्ममा नायिका ‘केट विन्स्लेट’ ले पहिरिएकी थिइन। सन् १९९७ मा रिलिज भएको यो फिल्मले सो बखत विश्वकै सबैभन्दा बढी कमाइगर्ने फिल्मको रेकर्ड राखेको थियो।

‘क्लीयोपात्र’ मा एलिजाबेथ टेलरको सुन जडित लुगाCleopatra  Elizabeth Taylor Costumeसन् १९६३ मा रिलिज भएको यो ‘क्लीयोपात्र’ फिल्ममा एलिजाबेथले लगाएको यो लुगा निकै चर्चित छ। यो फिल्ममा एलिजाबेथले ६५ वटा फरक फरक लुगा लगाएकि थिइन। यो लुगामा भने सुन पनि जडित थियो।

‘मिरर मिरर’ मा जुलिया रोबर्टको गाउन

Mirror Mirror Julia Robert

सन् २०१२ मा रिलिज भएको ‘मिरर मिरर’ फिल्मको लागि जुलियाले लगाएको यो गाउन निकै ठुलो थियो। मुजा परेको यो गाउन निकै समयलगाएर बनाइएको थियो।

‘जेन्टलमेन प्रिफर बल्डस्’ मा मारिलिन मोनरोयको लुगा

Gentlemen Prefer Blondes  Marilyn Monro Costume

सन् १९५३ मा रिलिज भएको ‘जेन्टलमेन प्रिफर बल्डस्’ फिल्ममा मोनरोयले लगाएको लुगा निकै चर्चित थियो। ‘शो गर्ल’को रुपमा फिल्ममा अभिनय गरेकी मारिलिनले अरुपनि चमचमाउदो ‘टाइट फिटिङ’ गाउन लगाएकी थिइन। यो लुगा भने विशेष चर्चामा आएको थियो। यो तस्बिर उनको करिअर भरि सबैभन्दा चर्चित तस्बिर हो।

यो पनि पढ्नुहोस्।

दिपिका पादुकोणले नखेलेका फिल्मः बलिउड र हलिउडमा सुपरहिट

हलिउडका १० महङ्गा चलचित्रहरू