२८ बैशाख, एजेन्सी ।

अमेरिकाको टेक्सासमा बस्दै आएकी लूसी हेलन नामक एक महिलाले २७ एप्रिलका दिन एक बच्चालाई जन्म दिइन्, जसको नाम ‘डेक्सटर’ राखिन् । यसको केही दिनपछि डेक्सरको एक तस्विर सामाजिक सञ्जालमा निक्कै भाइरल बन्यो, जुन तस्विरमा बच्चाले हातमा ‘इन्ट्राअटेरिन डिभाइस’ पकडेको छ, जसलाई बोलचालको भाषामा ‘आईयूडी’(गर्भनिरोधक साधन) भनिन्छ ।

सबैतिर अमेरिकामा एक बच्चाले हातमा गर्भनिरोधक यन्त्र पकडेर जन्मियो भन्ने खबर फैलियो । तर, तस्विरको सत्यता बेग्लैछ । यस घटनाको सुरुवात जब लूसी(आमा) गर्भवती हुनबाट बच्नका लागि ‘कन्ट्रासेप्टिभ डिभाइस’(आईयुडी)को प्रयोग गरिन् । तर, यसको ठीक ४ महिनापछि उनी गर्भवती भएको थाहा भयो । लुसी गर्भवती भएका कारण चिकित्सकले त्यो यन्त्र गर्भबाट निकाल्न पाएनन् । त्यसका लागि चिकित्सकलाई बच्चाको जन्मसम्म कुर्न पर्नेथियो ।

पछिल्लो समय लूसीले डेक्सटरलाई जन्म दिइन, त्यसपछि उनले यो तस्विरलाई ट्विटरमा अपलोड गरिन्, जुन तस्विरमा डेक्सटर(बच्चा)ले हातमा गर्भनिरोधक यन्त्र पक्रिरहेका थिए । सबैलाई लाग्यो, डेक्सटरले यो यन्त्र हातमा पक्रेर जन्मियो । तर, यस्तो थिएन, जब यो तस्विर भाइरल भयो उनले सत्य कुरा बताइन् ।

खासमा, डेक्सटर जन्मिएपछि चिकित्सकले लूसीको गर्भबाट यो यन्त्र निकालेका थिए । खाली यो तस्विरका लागि हातमा त्यो यन्त्र राखिएको थियो । भाइरल भएपछि यस फोटोलाई करिब ७१ हजार पटक सेयर गरिएको थियो । तस्विरको सत्यता नबुझिकनै धेरै समाचार एजेन्सी तथा वेबसाइटमा खबर छापिएको थियो ।