अमेरिकाको उटाहमा बस्ने एक व्यक्तिले आफ्नो बच्चा उड्नेको फोटो खिचेका छन्। फोटोमा उक्त बच्चा हावामा उड्दै गरेको देख्न सकिन्छ। ती व्यक्तिले यस्तो तस्बिर कसरी खिचे सो भने बताएका छैनन तर उक्त तस्बिर सामाजिक सञ्जालमा भने व्याप्त छ।

Boy Flies down syndrome (8)

तर यी तस्बिर खिच्नुको एक विशेष उद्धश्य रहेछ। ती व्यक्तिको सो बच्चा ‘डाउन सिन्ड्रोम’ नामक एक रोगबाट पिडित छ। यो रोगले बच्चाको मानसिक विकास रोक्छ, उमेर बढ्दै गएपनि सोच्ने अनि बुझ्ने क्षमता भने कम उमेर भएका बच्चाको झै यथावत रहन्छम।साथै शरिरका अंगहरुको विकास पनि राम्रोसंग हुदैन। यो वंशाणुगत रोग हो। यहि रोगको बारेमा मानिसहरुलाई जानकारी दिनको लागि एलन नामक ती व्यक्तिले आफ्नो बच्चाको फोटो खिचेर सार्वजनिक गरेका थिए।

Boy Flies down syndrome (2)

डाउन सिन्ड्रोम भएका बच्चाहरु बोझ हैनन, सफल उनीहरु पनि बन्न सक्छन्, आकाश छुन सक्छन् भन्ने सन्देश जाओस भन्नको लागि उनको फोटो सार्वजनिक गरेको बताएका थिए।

हेर्नुहोस् ती व्यक्तिले खिचेका बच्चा उड्दै गरेको तस्बिहरु..

Boy Flies down syndrome (7) Boy Flies down syndrome (6) Boy Flies down syndrome (5) Boy Flies down syndrome (4) Boy Flies down syndrome (3)