एजेन्सी ।

स्मार्टफोनबाट सन्देश आदानप्रदानको सुविधा दिँदै आएको चर्चित सेयरिङ साइट ह्वाट्सएपले अव निशुल्क कलिङ सुविधा शुरु गरेको छ ।

ह्वाट्सएपले शुरुवातमा आइफोनबाट यो सुविधा दिने छ । निशुल्क कलिङ सुविधा एण्ड्रोइड फोनमा यस अघि नै शुरु भैसकेको छ ।

whats app 1

यो साइटले अव यस्तै सुविधा दिने स्काइप र फेसटाइम जस्ता साइटलाई चुनौती दिने अनुमान गरिएको छ । ‘फोर्ब्स’ म्यागजिनको रिपोर्ट अनुसार व्हाट्सएपले अव यो सुविधा अनुसार आईफोन उपयोगकर्ताहरुले इन्टरनेट डाटा वा वाइफाइको माध्यमबाट कल गर्न सक्नेछन् ।

आइफोन प्रयोगकर्ताहरुलाई यो सुविधा आगामी साताबाट मिल्ने छ । ह्वाट्सएपले कलिङमा पनि विभिन्न अप्सन सहितको सेवा दिन लागेको छ ।

ह्वाट्सएपका संसारभरी गरेर ८० करोड प्रयोगकर्ता छन् ।

यो पनि हेर्नुस्
ह्वाट्सएप चलाउनु हुन्छ? एक पटक पढ्नुस्
अव फेसबुक र ह्वाट्स्एप एकैठाउँ
फेसबुक प्रयोग गर्न छोड्नै पर्ने ६ कारण