२९ भदौ, काठमाण्डौ ।

संविधानसभाको बैठक आज तेस्रो पटक दिउँसो साढे २ बजेसम्मका लागि स्थगित भएको छ । ३०२ मध्ये १०० धारा पारित गरे बैठक चिया ब्रेसका लागि एक घण्टाका लागि स्थगित भएको हो । अस्तीको बैठकले ३ वटा धारा पारित गरेको थियो भने हिजो ५४ वटा धारा पारित भएका थिए । आज थप ४३ धारा पारित भएका छन् ।

आजको बैठकले राष्ट्रपति, उपराष्ट्रपति सम्बन्धी व्यवस्था, मन्त्री मण्डल गठन, शासकीय स्वरुप, संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन, नेपाल सरकारको कार्य सञ्चालन, संघीय व्यवस्थापिका, प्रतिनिधि सभाको गठन, पाँच वर्ष रहने प्रतिनिधि सभाको कार्यकाल, राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधि लगायतका महत्वपूर्ण बुँदा पारित गरेको छ ।

त्यस्तै सदस्यका लागि योग्यता, प्रतिनिधि सभाको सभामुख र उपसभामुख लगायतका विषयसँग सम्बन्धित प्राब्धान पनि बैठकले पारित गरेको छ । सभामुख उपसभामुख र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष सम्बन्धी यस्तो व्यवस्था छः

SAvamukh aba kastoRAstriya sava ko adshya