एजेन्सी।
एक शताब्दी नाघेको मान्छे कस्तो देखिन्छ भन्ने सोँच्नुभएको थियो? तपाईँ सायद भ्रममा हुनुहुन्छ।
१०४ वर्षीय वृद्ध ‘सियाओ युआन्काई’को ७० वर्षीय रूपले सबैलाई चकित पार्न सक्छ र उनी अझै पनि आफ्नो बारीमा एक्लै काम गर्छन् भन्दा झन् धेरैलाई उनी जस्तै हुने इच्छा जाग्न सक्छ।
चीनको गुइझोउ प्रान्तका सियाओ आफ्ना छोरा र नातिनातिनाहरूसँग बसोबास गर्छन्, तर उनका छोरा भन्छन् कि एक शताब्दी नाघ्दा पनि उनलाई कसैको ख्याल र हेरविचारको जरुरत पर्दैन। बरु ऊ आफैले घरका बालबच्चाहरूको स्याहार सुसार गर्ने र आफ्ना चियाबगानको हेरचाह गर्ने गर्छन्।
आफैले फलाएको सागसब्जी र चियाबगानको चिया टिप्दै, सुकाउँदै र स्थानीय बजारमा बेच्दै उनको दिनचर्या बित्ने पिपुल्स डेलीमा प्रकाशित एक रिपोर्टले जनाएको छ।