१९ कात्तिक, एजेन्सी । एउटा राँगाे मूल्य कति पर्ला ? सामान्य हिसाब गर्ने हो भने एक डेढ लाख । तर यहाँ चर्चा गर्न खोजिएको राँगाे त्यति सस्तो छैन । यो त्यस्तो राँगाे हो जसको मूल्य १४ करोड भारु पर्छ ।

यो भारतको राजस्थानको खबर हो । जहाँ अन्तर्राष्ट्रिय पशु मेला चलिरहेको छ । यहाँ विभिन्न प्रजातिका झण्डै पाँच हजारभन्दा धेरै पशु प्रदर्शनीमा राखिएको छ । तिमध्ये सबैभन्दा आकर्षक र लोभलाग्दो चाहिँ यहि १४ करोडको राँगाे हो । यो राँगाे दोस्रो पटक प्रदर्शनीमा राखिएको हाे । १३ क्विन्टल वजन रहेको यो राँगाे साढे ६ बर्षको भयो ।

राँगाे मालिक जवाहर लाल जांगिडका अनुसार यो राँगाेको पालनपोषणका लागि प्रतिमहिना डेढ लाख रुपैयाँ खर्च हुने गरेको छ ।राँगाेले प्रतिदिन एक किलो घिउ, आधा किलो मक्खन, दुई सय ग्राम मह, २५ लिटर दूध, एक किलो काजु बदामलगायतका सामाग्री खाने गरेको छ । यो राँगाे बेच्नका लागि नभई नस्ल संरक्षणका लागि मात्रै भएको बताइएको छ ।

यो राँगाेको वजन एक वर्षमा एक सय किलो र दुई करोड रुपैयाँ मूल्य बढेको छ । गतवर्ष यसको वजन १२ क्विन्टल थियो भने मूल्य १२ करोड रुपैयाँ थियो ।