नेपाली चलचित्र इतिहासमा सर्वाधिक सफल मध्ये चलचित्र दर्पण छायाँको सिक्वेल ‘दर्पण छायाँ-२’को ट्रेलर सार्वजनिक भएको छ।

दर्पण छायाँ चलचित्र सार्वजनिक भएको १५ वर्षपछि यसको सिक्वेल आउन लागेको हो। चर्चित निर्देशक तुलसी घिमिरले निर्देशन गरेको यो चलचित्र म्युजिकल लभस्टोरी हुनेछ।sahara karki actress of darpan chaya 2

दर्पण छायाँ- २ मा पुष्पल खड्का, सहारा कार्की, श्रद्दा प्रसाइका साथमा सरोज खनाललाई देख्न पाइनेछ।  दर्पण छाया-२ पनि दर्पण छायाँ जस्तै त्रिकोणात्म प्रेममा आधारित भऐको ट्रेलरलबाटै अनुमान लगाउन सकिन्छ।

हेर्नुस ट्रेलर

१५ वर्षअघि चलचित्र बजारमा सफलता र प्रभावका हिसावले तहल्का पिटेको दर्पण छायाँमा उत्कृष्त गीत संगित र  तुलसी घिमिरेको बेजोड निर्दशकिय क्षमताको मिश्रण थियो।darpan chaya poster

उक्त चलचित्रबाट दीलिप रायमाझी, निरुता सिंह र उत्तम प्रधान रातारात नेपाली चलचित्र उद्योगमा चीरपरिचित बनेका थिए।

 

 

दर्पण छायाँ २ फागुन २७ मा प्रदर्शनमा आउने तयारीमा छ।