१५ भदौ, एजेन्सी

टाटा मोटर्सले चाँडै नै १ लीटर पेट्रोलमा १०० कि.मी सम्म माइलेज दिने कार बजारमा ल्याउन लागेको छ। यो कारको नाम ‘टाटा मेगापिक्सेल'(TATA megapixel) राखिने भएको छ।

संसारमा पेट्रोल र डिजलको खपत बढी तर उत्पादन कम भइरहेको अवस्थामा टाटा मोटर्स भने केहि वर्ष अघि देखि नै कम ईन्धन खपत गर्ने वाहन निर्माण गर्ने परियोजनामा खटिरहेको छ।

tata megapixel (5)यस कारको अवधारणा सन् २०१२ मा आयोजन भएको ८२औँ ‘जिनेवा मोटर शो'(Geneva Motor Show) मा प्रस्तुत गरिएको थियो। ४ जनाको सिट भएको यो कारले ईन्धनको कम खपत गर्छ र वातावरण मैत्री हुनेगरि बनाईएको छ। एक पटक ट्याङ्क भरिएपछि यो कार ९ सय कि.मी सम्म निरन्तर चल्न सक्नेछ। यो कारले एक किलोमिटर गुड्दा मात्र २२ ग्राम धुँवा निस्कासन गर्नेछ।tata megapixel (8)यो कारमा ‘लिथियम आयन फस्फेट'(lithium ion phosphate) ब्याट्रिको प्रयोग गरिएको छ जसलाई रिचार्ज गर्न ‘पेट्रोल ईन्जिन जेनेरेटर'(petrol engine generator) पनि सँगै जडान गरिएको छ। यस प्रकारको ब्याट्री अरु लिथियम ब्याट्री भन्दा पनि लामो समयसम्म टिक्न सक्छ। यससँगै लिथियम आयन फस्फेट ब्याट्रीको रसायनिक संयोजन स्थिर रहेको छ जसले गर्दा यो ब्याट्री सुरक्षित पनि हुन्छ। ‘पेट्रोल ईन्जिन जेनेरेटर’ले बिजुली उत्पादन गर्दछ। पेट्रोलले चल्ने सो जेनेरेटले ब्याट्रि चार्ज गर्छ।

पेट्रोल ईन्जिन जेनेरेटर

पेट्रोल ईन्जिन जेनेरेटर

यस कारमा ३२५ सीसीको एकमात्र सिलिन्डर भएको ईन्जिन जडान गरिएको छ। २ वा बढि सिलिन्डरवाला ईन्जिन भएको कारहरुमा ईन्जिन तातेर सेलाउने प्रक्रिया निकै ढिलो हुन्छ। साथै ति कारहरुको ईन्जिन भारी पनि हुन्छ। तर यस कारमा भएको सिङ्गो सिलिन्डर ईन्जिन प्रणालीले ईन्जिन एकदमै चाडैँ सेलाउनको साथै ईन्जिन पनि हलुको हुन्छ।

सिङ्गो सिलिन्डर ईन्जिन

सिङ्गो सिलिन्डर भएको ईन्जिन

यो कार सन् २०१६ को जनवरीमा रिलिज हुने तय गरिएको छ। यो कारको मूल्य  ५ देखि ६ लाख भारु हुने बताइन्छ।

केहि वर्ष अगाडि टाटा कम्पनीले कम ईन्धन खपतको परियोजना अनुसार ‘टाटा नानो'(TATA nano) पनि बजारमा ल्याएको थियो। जुन कारको मुल्य केवल १ लाख भारु मात्रै रहेको थियो।

भारतिय बजारमा आएपछि केही समयमा उक्त कार नेपाल भित्रिने भएपनि खरिकर्ताको हातमा मुल्य भने निकै बढेर पुग्नेछ।

यो पनि हेर्नुहोस-

विश्वका सबैभन्दा उत्कृष्ट ७ कार कम्पनी