२८ मंसिर, एजेन्सी । जीवनमा सुख–शान्तिको लागि शनिको प्रभाव हुनु एकदमै आवश्यक हुन्छ । शनिको प्रादुर्भाव परेमा जोकोहीको जीवनमा पनि दुःखको शुरुवात हुनेगर्छ । पैसाको अभाव, घरमा अशान्ति, असफलता र विरामीजस्ता कैयौँ संकटबाट मानिसहरुले झेल्नुपर्ने हुन्छ ।

२०२० मा पनि शनिको चाल परिवर्तन भएको छ । शनिको बाटोमा मार्गी आएकोले सबैजसो राशिहरुमा यसको प्रभाव पर्ने देखिन्छ । २०२० मा शनिको प्रभाव कुन राशिमा कस्तो पर्छ भन्नेबारेमा जानकारी गराउन गइरहेका छौँ ।

मेषः शनिले यो वर्ष एकदमै राम्रो गर्नेछ । करिअरमा सफलता प्राप्त हुनेछ भने धनसम्पतिको पनि प्राप्त हुने योग छ ।

बृषः यो वर्ष जीवनमा थोरै कठिनाइ आइपर्छ । तर त्यसको समस्या पनि शनिको कृपाबाट सजिलै निकाल्न सकिन्छ । शनिको प्रभावकै कारण धनको अभाव हुनेछैन ।

मिथुनः स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ । पारिवारिक जीवनमा दरार उत्पन्न हुनसक्छ । तर करिअरमा भने स्थिरता आउनेछ ।

कर्कटः जीवन स्थिर रहनेछ । बैवाहिक सम्बन्ध र आर्थिक कारोबारमा सुधार आउनेछ । शनिको प्रभावले स्थान परिवर्तन हुनसक्ने देखिएको छ ।

सिंहः यस वर्ष जीवनमा संघर्ष बढ्नेछ । करिअरको मामलामा एकदमै मेहनत गर्नुपर्नेछ । शनिको कारण बैवाहिक जीवनमा समेत समस्या आउन सक्नेछ ।

कन्याः शनिको प्रभाव यो वर्षलाई हट्ने भएकोले स्थितिमा सुधार हुनेछ । करिअरमा सुधार हुनेछ भने बिवाह र सन्तान प्राप्तिको योग पनि रहेको छ ।

तुलाः शनिको प्रभावका कारण यस वर्ष थोरै मुस्किलको समाना गर्नुपर्नेछ । करिअर र धनसम्पति आर्जनमा राम्रै हुनेछ भने स्वास्थ्यमा समस्या बढ्न सक्नेछ ।

वृश्चिकः शनिको साढेसाती दशा हट्नाले करिअर र जीवनको स्थितिमा सुधार हुनेछ । तर अहंकार बढ्नाले समस्याहरु आउनसक्छ । अहंकारी नहुनुस् ।

धनुः धनु राशिलाई यस वर्ष जीवनमा बढी मेहनत गर्नुपर्नेछ । धनसम्पति र करिअरमा सुधार आउनेछ । तर, सम्बन्ध र परिवारसँग दुरी बढ्नसक्छ ।

मकरः खासगरी धन कमाउने योग रहेको छ । तर, कअिरको विषयमा लापरवाही गरेमा समस्या बढ्नसक्छ । शनिको कारण सम्पतिमा विवाद बढ्न सक्नेछ ।

कुम्भः शनिले यो राशि हुनेहरुको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ । अनुशासन र ईमान्दरीको कारण लाभ हुने देखिएको छ । स्वास्थ्य समस्या भने आउनसक्नेछ ।

मीनः धन र करिअरको मामलामा एकदमै राम्रो हुने योग छ । स्वास्थ्य र खानपानका कारण समस्या निम्तिन सक्छ, त्यसैले सतर्कता अपनाउनुहोला ।