२१ साउन, काठमाडौं ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्रीकोरुपमा सरकारी निवास बालुवाटार छोडेको २ दिन पछि ओलीले ब्यक्तिगत ट्वीट ह्याण्डलबाट सबैलाई धन्यवाद दिएका हुन् ।
प्रचण्ड सरकारले उल्ट्यायो ओली सरकारको निर्णय
ओलीले प्रधानमन्त्रीकोरुपमा प्रयोग गर्दै आएको अफिसियल ट्वीटर पिएम नेपाल प्रचण्डको सचिवालयले चलाउन शुरु गरेको छ ।
प्रचण्डको सपथग्रहण समारोहमा भागदौड भएपछि…. (फोटो फिचर)
ओलीले ब्यक्तिगत ट्वीटर अकाउन्टमा लेखेका छन्, “मलाई प्रमको रूपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद!” । ओलीले आफूलाई सहयोग गर्नेहरुलाई अंग्रेजी र नेपाली दुवै भाषामा धन्यवाद दिएका छन् ।
मलाई प्रमको रूपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद! Let me extend sincere thanks to all for cooperating me during my premiership!
— K P Sharma Oli (@kpsharmaoli) August 5, 2016
आजै मात्र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषदले अघिल्लो सरकार (ओली सरकार) ले गरेको राजदुत सिफारिसको निर्णय उल्ट्याएको छ ।
प्रचण्ड प्रधानमन्त्रीः भारतीय र चिनियाँ मिडियाको प्रतिक्रिया (फिचर)
राजनीतिक पृष्ठभूमिबाट सिफारिस गरिएका १४ जना प्रस्तावित राजदुतको नाम फिर्ता लिने निर्णय शुक्रबार विहान सिंहदरवारमा बसेको मन्त्रीपरिषदको बैठकले गरेको हो ।