२ असार, काठमाडौं ।
प्रदेश नम्बर २ को निर्वाचन झण्डै तीन महिना पछि सरेपछि निर्वाचन आयोगले आफ्ना कार्यालयहरु बन्द गरेको छ । आयोगले कर्मचारीहरुलाई पनि फिर्ता बोलाएको छ ।
हिजो सरकारले राजपालाई सहमतिमा ल्याउनका लागि भन्दै असार १४ को निर्वाचन असोज २ गते गर्ने गरी पछि सारेपछि आयोगले कार्यलयहरु बन्द गर्दै कर्मचारीलाई फिर्ता बोलाएको हो ।
आयोगले त्यहाँ निर्वाचन सम्बन्धि कार्यक्रम हाललाई स्थगित गरेको छ भने २ नम्बर प्रदेशमा निर्वाचन कार्यक्रम पछि तय गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।