अर्जेन्टीनामा समुन्द्र सहतबाट चार हजार मिटरको उचाईमा एन्डीज पर्वत श्रृंखलाबाट एक यस्तो रेल कुद्छ जसलाई ‘ट्रेन टू द क्लाउड’ अर्थात बादल तिर जादै गरेको रेल भनिन्छ।
यो रेलमार्ग विश्वकै सबैभन्दा उच्च रेलमार्ग मध्येको एक हो। नाममा भने झै कुनै यस्ता इलाका पनि छन्, जहाँ बाट यो रेल पार हुँदा साच्चै बादललाई नै चिर्दै गएको झै हुन्छ। वास्तवमा यो रेलको यो बाटोको दुवै तर्फ बाक्लो बादल हुने गर्छन्।
१,१८७ मिटरको उचाईमा भएको अर्जेन्टीनाको ‘सिटी अफ साल्टा’ बाट सुरु हुने यो रेलको बाटो ‘वैली डी लेर्मा’ हुँदै ४२०० मिटरको उचाइमा रहेको ‘ला पोल्वोरिया वियाडक्ट’ मा गई समाप्त हुन्छ।
२९ वटा पुल अनि २१ वटा सुरुङ पार गर्दै रेल १६ घण्टाको समय लगाइ रेलले २१७ किलोमिटर यात्रा गर्छ। यो रेल मार्गको निर्माण सन् १९२० मा भएको थियो।
यो पनि पढ्नुहोस्।
तीन वटै देश एकै ठाउँबाट देख्न सकिने एउटै स्थान