हेडलाइन्स वाच ।
५ पटक प्रधानमन्त्री भएका गिरिजा प्रसाद कोइरालाकी छोरी र देशको उपप्रधान तथा परराष्ट्र मन्त्री भएकी कांग्रेस नेतृ सुजाता कोइरालालाई दायाँ स्तनमा क्यान्सर भयो । उनी नेपाली कांग्रेसकी मात्र नेतृ होइनन्, नेपालकै नेतृ हुन् । क्यान्सर रोग कोइरालाहरुको खानदानी जत्तिकै रोग हो । यसले सुजातालाई पनि छोयो । रोग लाग्नु पक्कै पनि राम्रो होइन, चाहे त्यो नेता होस् या कार्यकर्ता वा सामान्य जनता नै किन नहुन् ।
दिपकराज गिरीले निकाले सुजातालाई पैसा पनि दिने विरोध पनि नहुने काइदा
आखिर सुजातालाई पनि दायाँ स्तनमा क्यान्सरको शंका भयो । त्यसैले उनले कति पनि हतार नगरी मलेसियाका कार्यक्रममा गएका बेला स्तनको सर्जरी गराएर आइन् ।
१० कात्तिकमा नेपाल आएपछि उनले आफ्नो उपचार असाध्यै महंगो भएको भन्दै सरकारसमक्ष एक करोडसम्म माग गरिन् । गिरिजाकी छोरी, पूर्व उपप्रधानमन्त्री, राजनीतिमा राम्रै पहुँच भएकी, वर्तमान गठबन्धन दलकी नेतृ भएपछि सुजातालाई सरकारले ५० लाख दिने भयो । नदिंदा गठबन्धन दलकी विरासत बोकेकी ठूली नेतृ, दिंदा सामान्य उपचार नपाएर मान्छे मर्ने देशमा पहुँचवालाई मात्र यसरी खर्च दिने भन्दै सरकारको कडा आलोचना । सरकाले पहिलो विकल्प रोज्यो र ५० लाख दिएरै छाड्यो ।
न्यूजिल्याण्डका प्रधानमन्त्रीले ट्रम्पको फोन नउठाएपछि. . .
सामाजिक संजालले बनादिइएको प्लेटफर्मममा आम जनता ओइरिए अरबपति सुजातालाई ५० लाख किन ? सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने देशमा विदेशमा गएर उपचार गर्न सुजातालाई किन यतिधेरै पैसा । राज्यले बढीमा १५ लाख दिने प्रावधानलाई कुल्चेर किन ५० दियो जस्ता अनेक प्रश्न, आक्रोश र आरोप सुजातामाथि लागेको छ ।
कसैको स्वास्थ्य समस्या त्यो पनि क्यान्सर जस्तो रोगले छोएपछि पनि नेपाली जनमानस किन यत्ति निर्दयी भएर सुजाताको पछि लागेको होला ?
कारण धेरै ठूलो छैन । सुजाता ५० लाख नै खर्च लागे पनि उपचार गर्न सक्ने सामथ्र्य भएकी नेतृ हुन् । उनीसँग ५० लाख खर्च छैन भने पुख्यौंली विरासतका रुपमा प्राप्त विराटनगरको जग्गा बेचेरै पनि उनले खर्च जुटाउन सक्दिन । तर, उनी उस्तै निस्किन जसले राज्यबाट उत्तिकै उपचार खर्च लिएर विदेशमा महंगो उपचार गराएका थिए ।
सुजाता प्रकरणः राजेश हमालको चढ्यो, फेसबुकमा पोखे
केपी ओली, डा. रामवरण यादव, सुशील कोइराला, खुमबहादुर खड्कासहितका नेताले लिएजस्तै लाखौं र करोडौं रुपैयाँको इतिहासबाट सुजाता चुक्न चाहिनन् ।
बाबु प्रधानमन्त्री भएका बेला लाखौंको झोला, पर्स र घडी किनेको भन्दै बद्नामीको भारी बोक्दै आएकी कोइरालालाई क्यान्सर छोएपछि उनलाई एउटा स्वर्णिम अवसर थियो यस्ता दाग पखाल्ने । तर, उनी उही ड्याङकी मूला निस्किन् । अरु नेताले जस्तै पहुँचका भरमा ५० लाख लिएर छोडिन् ।
५० लाख प्रकरणः सुजाताको सचिवालयले गर्यो यस्तो खुलासा
सगर्व घोषणा गर्दै आफ्नै एक दुई टुक्रा जग्गा बेचेरै वा नेपालमा सम्भव भए यही आफ्नो प्रारम्भिक क्यान्सर उपचार गराएकी भए आफ्नो पुरानो छविलाई थोरै भए पनि सुधार्न सक्थिन् । तर, सुजातालाई यस्तो राम्रो र जनताको हितमा काम गर्ने सद्बुद्धि आएन । सामान्य मान्छेको मन जित्न सक्ने एउटा महान अवसरबाट उनी चुकिन् ।
आफ्नी नेतृ सुजाताले यस्तो अवसर गुमाएकोप्रति कांग्रेसकै एक नेता भन्छन्, ‘राज्यबाट कसैले उपचार खर्च नलिएको होइन धेरैले लिएका छन् तर,लाखौं करोडौं बाँडेका छन् तर, सुजाताले खर्च नलिई आफैंले जुटाएर गरेको भए उनको महानता झल्किन्थ्यो तर, उनी चुकिन् । देशको दुरावस्था जनता उपचार गर्न नपाएर मरेका जस्ता कारण दिँदै म सक्षम छु राज्यबाट लिन्न भन्दै सगर्व घोषणा गरेको भए उनको हाइट अर्कै हुन्थ्यो ।’
पहुँचको भरमा उपचारको लागि यसरी सुजाताले खर्च लिएपछि आज कुनै पनि कांग्रेसका नेता उनको पक्षमा खुलेर कुरा गर्न सक्दैनन् । उनकै कार्यकर्ताले पनि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमा नमिठो आशय र तितो पोखिरहेका छन् ।
कतिसम्म भने उचित पोषणको अभावमा कुपोषणले ग्रस्त भएकी कालिकोटकी ११ महिने बालिकाको जीवन र मरणको दोसाधँको फोटो हाल्दै सुजातामाथि मिडियासमेत खनिएको छ ।
दिल निशानी मगर लेख्छन्ः सुजाताहरु यो देशका क्यान्सर हुन्
आफनो विरोध भएपछि सुजाताले जग्गा बेचेर उपचार गर्न खोजे पनि सरकारले पैसा टासो लगाउन आएको जस्तो गैरजिम्मेवार भनाई सचिवालयमार्फत बाहिर ल्याइन् । केही मिडियामा समाचार पनि आए । तर, जग्गा बेच्छु भन्ने सुजातामा त्यो महानता देखिएन । आफ्नो क्यान्सर जस्तो गम्भीर उपचार जग्गा बेचेरै गर्छु भन्ने सुजाता अन्ततः चिप्लिन् र सरकारबाट ५० लाख लिएरै छोडिन् ।