६ साउन, काठमाण्डौ ।

संविधान जारी हुने संकेत देखिए पछि अहिले सबैलाई तातो लागेको छ । कर्मचारीलाई सँगै लिएर सभासद् जिल्ला जिल्लामा जाँदा काठमाण्डू बसेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सुझाव दिनेको पनि ओइरो लागेको छ ।

subash nemwang interactionअध्यक्ष नेम्वाङलाई साउन लागेयता एक सयवटा संघ संस्थाले आफ्ना संस्थागत सुझाव पेश गरेका छन् । हिजो २५ वटा संघ संस्थाका सुझाव बुझेका नेम्वाङलाई आज ज्ञापन पत्र बुझाउन १९ वटा संघ संस्थाले समय लिएका उनको सचिवालयले जनाएको छ ।

आज नेपाल प्रेस काउन्सिल, लोक दोहोरी प्रतिष्ठान, नेपाल प्रध्यापक संघ, ब्राह्मण समाज, धर्मसँग सम्बन्धित विभिन्न १२ वटा संघ संस्थाले संविधानको प्रारम्भिक मस्यौदा माथि सुझाव पेश गर्न समय लिएका छन् ।

नेम्वाङको रेडिमेड जवाफ

ज्ञापन पत्र बुझेपछि अध्यक्ष नेम्वाङले सबैलाई सधै जस्तै एउटै बनिबनाउ जवाफ दिने गरेका छन् । उनले सबैले उठाएका सुझावलाई निक्कै महत्वपूर्ण भन्दै सुझावमा सहभागि भएकोमा धन्यवाद दिने गरेका छन् ।

सबैका कुरालाई सकेसम्म संविधानमा समेटन् प्रयास गर्न आफू प्रयास गर्ने नेम्वाङले बताउने गरेका छन् ।

सबैका सुझावलाई समेट्ने गरी संविधानसभाको राजनीतिक संवाद तथा सहमती समितिमा पुर्याउने, संविधानको अन्तिम मस्यौदा तयार पार्न अझै धेरै चरण बाँकी रहेको भन्दै उनले अव साउन भित्रै संविधान जारी गर्नु पर्नेमा जोड दिने गरेका छन् ।